logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पत्रकार वीरेन्द्र साहको हत्यारा पक्राउ


  • जन आकाश
  • आइतबार, फाल्गुन २५ २०७६

 



काठमाडौं । पत्रकार वीरेन्द्र साहको हत्यारालाई १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिएका हु्न् ।

विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो ।
अपहरणपछि निर्मम हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा शव सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो । हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् ।

गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य तीन जना अहिलेसम्म फरार रहेका छन् । तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । हत्यामा संलग्न रहेकालाई आजीवन करावासको फैसला सुनाइएको थियो । कुनै पनि अपराधी अपराध गरेर बच्छु भनेर नचिताए पनि हुन्छ भन्ने यो पनि एक उदारण हो ति अभियुक्तलाई पक्राउ गर्ने प्रहरीको भनाई हो यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend