logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चन्द्रागिरी हिल्सको नामवाट राष्ट्रिय वनको दोहन


  • जन आकाश
  • आइतबार, फाल्गुन २५ २०७६

काठमाडौं । सामान्यतया व्यापारीहरु सरकारी जग्गामा आफ्नो धन्दा चलाउने दाउ गर्छन् ।त्यस्तै एउटा गतिलो उदारण बनेको छ चन्द्र गिरी हिल्सको नामवाट काठमाडौको चन्द्र गिरी नपाको क्षेत्रमा निर्माण गरिएको होटल, क्याफे, केबलकार, फनपार्क लगायतका पुर्वधार निर्माण गरेर रजाइ गरिरहेका नेपाल उधोग बाणिज्य संघका उपाध्यक्ष समेत रहेका चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको कम्पनीले राष्ट्रिय बनलाई कौडीको भाउमा दोहन गरिरहेको छ । त्यो त्यतिकै सम्भव भएको होइन उनि शक्तिकेन्द्रको नजिक भएर नै त्यो आट गरेका हुन् ।



नेपाल सरकारको नाममा रहेका जग्गाहरु कौडीको भाउमा राजनीतिक संक्षण पाएका हरुले अवैधानिक ढंगवाट अनियमियतता गरेर हत्याएको घटनाहरु त अचेल दिनहु समाचार बनिरहेकै छन् । त्यो समाचार सत्य भएपनि नेपालमा ठुला घरनाहरुलाई कुनै पनि पार्टीको सरकार भएको बेलामा कारवाहीको लागि छुन पनि नसकेको उदारण धेरै छन् । कहिले काही चुनावाको बेलामा चन्दा कम भएको बेला अलि अलि र्घुक्याउनु बाहेक कानुनी कठघरमा उभ्याउने आट अहिले सम्म कुनै पनि नेतृत्वको सरकारले गर्न सकेको छैन । त्यस्तै बनेको छ । चन्द्र गिरी हिल्स आई एम ई गु्रपवाट संञ्चालित कम्पनीले बल मिचाई गरेर आफ्नो मनोमानी ढंगवाट राष्ट्रिय वनको दोहन गरेको छ ।
सामुदायीक वन क्षेत्रको ३६ हेक्टर जमिन चन्द्र गिरी हिल्स कम्पनीले कौडीको भाउमा हत्याएर आफ्नो मनोमानी धन्दा चलाइरहेको छ ।
चन्द्रागिरी हिल्स काठमाडौंको नजिकै रहेको आन्तरिक पर्यटकलाई समेत आकर्षण गर्न सक्ने ठाउँ हो । त्यसको अलवा बिदेशी पर्यटकलााई समेत आकर्षण गरेर नेपाललाई फाईदा पु¥याउन सकिन्छ । तर नेपाल सरकारको मापदण्ड भन्दा कानुन भन्दा बाहिर गएर काम गर्ने छुट कसैलाई हुनुहुदैन ।
त्यस्तै छुट ग्लोबल आई एम ई गु्रपले किन पाईराखेको छ । यो सोचनीय बिषय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend