जन आकाश
काठमाडौं ।
मास्कको हाहाकार भइररहेको बेला नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गरी सहज रुपमा सुलभ मुल्यमा बिक्री गर्ने मेशिन ल्याउन लागेका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसलाई देखाएर नेपालमा कालोबजारीयाहरुले मास्क लुगाएपछि चेम्बर अफ कर्मशले सक्रियता र दिपक मलहोत्राको अगुवाईमा माक्स उत्पादन गर्ने मेशिन ल्याएर काम गर्न लागेको जनाईएको छ ।
चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न कमिटि नै गठन गरेर बैठम बोलाई काम गर्ने तयरी गरेको हो ।
मास्क र सेनिटाइजरमा भन्सार छुट दिइने, दैनिक १४ हजार ग्यास सिलिन्डर उत्पादन बढाइने
मलहोत्राले मास्कको हाहाकार हुन नदिने भारतबाट मास्क बनाउने मेसिन झिकाएको बताएका छन् ।
‘हामीले भारतबाट मास्क बनाउने मेशिन अर्डर गरिसकेका छौं, मंगलवारसम्म मेशिन आइपुग्छ, त्यसको केही दिनपछि देखि नै उत्पादन शुरु गरेर बजारमा पठाउँछौं,’ मलहोत्राले सञ्चारकर्मीहरुसँग भनेका हुन् ।
हामीहरुले नेपालमै एक हप्तामा ५ लाख पिस मास्क उत्पादन गर्ने र सो परिणामको मास्क उत्पादन भएपछि बजारमा अभाव नहुने उनले जानकारी दिए ।
‘हामीले उत्पादन शुरु गरेपछि बजारमा मास्कको अभाव हुँदैन, हामी परल मूल्यमै मास्क बिक्री गर्छौं,’ मलहोत्राले भने, ‘कच्चा पदार्थको अभावका कारण अहिले मास्क उत्पादन गर्दा प्रतिगोटा ६ देखि ७ रुपैयाँ पर्ने देखिन्छ, हामी ५ रुपैयाँमै बिक्री गर्छौं ।’
मेसिनको मूल्य भने ५० लाख पर्नेछ।
अहिले फ्याक्ट्री नै सञ्चालन गरेर माक्स उत्पादन गर्न असम्भव भएकाले गार्मेन्ट उत्पादन गर्ने गोथेरा इन्डष्ट्रिजबाट माक्स उत्पादन गर्न लागिएको मलहोत्रा बताउँछन्। सरकारले पनि सहजीकरण गर्नेछ ।
मास्क उत्पादनमा मलहोत्रासँगै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ, व्यवसायीहरु दिपक श्रेष्ठ, सुरेन्द्र सारडा, अर्जुन शर्मा लगायतको टोलीले नेपालमै मास्क उत्पादन गर्न लागेको हो ।
सरकारले भन्सारलगायतका छुट प्रदान गरेमा सुलभ मूल्यमै नेपाली उपभोक्तालाई मास्क प्रदान गर्न सकिने मलहोत्राले बताए ।
शुक्रबार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि मास्क र स्यानिटरी आइटममा तत्कालका लागि भन्सार मिनाहा गर्न आग्रह गर्दै अर्थ मन्त्रालय लगायतलाई पत्र लेखिसकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend