logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बुढाथोकीको नेतृत्वमा सर्वसहमत १३ सदस्यीय कार्यसमिति चयन


  • जन आकाश
  • मंगलबार, फाल्गुन २७ २०७६

काठमाडौं । समृद्ध नेपालका लागि राष्ट्रिय उत्पादन, सक्षम कर्मचारी संगठन , गुणस्तरीय सेवा, कम्पनीको सुदृढीकरण भन्ने मुल नाराका साथ बुटवल, रूपन्देहीमा २०७६।११।२० ९ २२ सम्म सम्पन्न चौथो महाधिवेशनले पुस्करदीप बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति तथा ४ सदस्यीय सल्लाहकार समिति सर्व सम्मतरूपमा निर्वाचित भएका छन् । निवर्तमान
कृषि कम्पनी लिमिटेड अन्र्तगतको कर्मचारी संगठनको बरिष्ठ उपाध्यक्ष रहिसक्नु भएका बुढाथोकीले बिगतमा कर्मचारी संगठनमा दिएको योगदान र खेलेको भुमिकाको उच्च मुल्याङकन गरेर सर्व सम्मत अध्यक्षमा निर्वाचन गरेको कर्मचारीहरुले बताएका हुन् । हरेक कामलाई सफा सोच राखेर काम गर्ने क्षमता भएका बुढाथोकीले कृषि कम्पनी लिमिटेडको बिभिन्न शाखाहरुमा काम गर्दा पनि असाध्यै राम्रोसँग कार्यसम्पादन गरेर उत्कृष्ट कर्मचारीको परिचय बनाइसक्नु भएको छ ।
हालको चौथो महाधिवेशनवाट अध्यक्षको महत्वपुर्ण पदमा सर्वसम्मत निर्वाचन भएपछि आम कर्मचारीहरुमा थप शक्ति र आत्म बिश्वास बढेर गएको देखिन्छ ।
नव निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार रहेका छन् ।
अध्यक्षः पुस्करदीप बुढाथोकी
वरिष्ठ उपाध्यक्षः पुष्पराज पोखरेल
उपाध्यक्षः नरेस कुमार सापकोटा, सुमन पन्थी
महासचिवः दिपक कुमार राजवंशी
सचिवः लिलाधर वली
कोषाध्यक्षः योगेन्द्र कुमार पराजुली
सदस्यहरुः
चेत बहादुर पाण्डे
दोज प्रसाद बगाले
गणेस प्रसाद घिमिरे
राम काफ्ले
सिताराम श्रेष्ठ
रचना भट्टराई
सल्लाकारहः
मोहन सिंह केसी
नवराज महत
नारायण प्रसाद शर्मा
रुप बहादुर कुवंर
लगायत निर्वाचित हुनुभएको हो । निर्वाचित सवै पदाधिकारीहरुलाई



हाम्रो जन आकाश मिडियाको तर्फवाट पनि शुुभकामना ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend