logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेकपा (माले)का महासचिव दुर्घटनाको सीआईबीद्वारा छानविन गराइयोस भन्ने माग

सिपी र ओली झापा बिद्रोहका समकक्षी


  • जन आकाश
  • मंगलबार, फाल्गुन २७ २०७६

मोहन कार्की



काठमाडौं ।नेकपा (माले) का महासचिव सी.पी.मैनालीको कार दुर्घटना बिषयलाई लिएर आज मिति २०७६ फागुन २७ गते पार्टीको प्रतिनिधिमण्डलले उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापालाई सिंहदरवारमा छुट्टाछुट्टै भेट गरी आज महासचिव दुर्घटनाको छानवीन सीआईबीले गर्नुपर्ने माग गरेको छ ।
नेकपा (माले) पार्टीले २०७६ फागुन १५ गते झापाबाट राजधानी फर्कने क्रममा महोत्तरी जिल्लाको बर्दिवास रातु नदी नजिक भएको उक्त दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै उक्त दुर्घटनाको छानवीन सीआईबीद्वारा गराई सत्यतथ्य जनता समक्ष ल्याउन र त्यस कार्यका योजनाकार र दोषीलाई अविलम्ब कानुनी कार्यवाही गर्न माग गरेको छ ।
साथै पार्टीले दुर्घटनामा गम्भीर घाइते हुनु भएका महासचिव, परिवारका अन्य सदस्यहरु र कार चालकको उपचारको निम्ति काठमाण्डौ ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएर सहयोग पु¥याईएकोमा नेपाल सरकारलाई आज ज्ञापन पत्र बुझाउन गएका ( माले) का प्रतिनिधि मण्डलले धन्यवाद दिएका थिए ।
प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीद्वयले महासचिव सी.पी.मैनालीको शिघ्र स्वास्थलाभको कामना गदै सीआईबीद्वारा घटनाको छानविन गराई चाँडै सत्यतथ्य जनता समक्ष ल्याउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिनिधिमण्डलले सगै प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थलाभको पत्र पनि उपप्रधानमन्त्री इश्वर पोखरेल मार्फत् आजै प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए ।
प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्यद्वय कुमार बेलवासे र दीननाथ घिमिरे तथा पोलिटव्युरो सदस्य जनक चालिसे लगायतका प्रतिनिधि मण्डलले पत्र बुझाएको हो । भोली स्वास्थ मन्त्रीलाई भेट्ने कार्यक्रम रहेको पनि (माले) पार्टी कार्यलयले जानकारी गराएको हो ।

नेपाल कम्युनिष्ट आन्दोलनका झापा विद्रोहका नायक भनेर चिनिने र नेपालको कम्युनिष्ट आन्दोलनमा र कम्युनिष्ट राजनैतिक, सैद्धान्तिक रुपमा कहिल्र्य कसैसँग सम्झौता नगरेका नेकपा (माले)का महासचिव सिपी मैनाली हाल नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका पनि नेता हुन् ।
अहिले झापा बिद्रोहका उहाहरु देवै अस्पतालमा हुनुहुन्छ । तर घटना र सन्दर्भ फरक फरक छन् । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला फेर्न अस्पतालमा हुनुहुन्छ भने पुर्व उपप्रधानमन्त्री सिपी मैनाली कार दुर्घटनामा परेर उपचारको लागि अस्पतालमा हुनुहुन्छ । यो अवस्थामा दुवैले एक अर्कालाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् । राजनीतिमा जे जस्ता भिन्नता भएपनि विगतको आत्मीयता यतिवेला दुवै नेतामा देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend