जन आकाश
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ गरेको छ । पक्राउ परेका गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको छ । प्रहरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । प्रहरीले प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरेको छ ।
घटनामा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको छ । पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धामा पाइएको छ । बाँस्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्रहरीमा पहिला नै आइसकेकाले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४ सै घण्टा प्रहरी तैनाथ गरिएको भए पनि प्रहरी घरकै पछाडि रहेका बेलामा अगाडिबाट बम छाडेर विस्फोट गराएको पाइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend