logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एनआइसि एसिया रेमिट र लिगल रेमिट बीच सम्झौता


  • जन आकाश
  • बिहिबार, फाल्गुन २९ २०७६

एन आई सी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहनुभएका नेपाली ग्रहकहरूले लिगल रेमिट बाट रकम पठाएर एनआइसि एसिया बैंकको एनआईसि एसिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सक्नेछन् । लिगल रेमिट मार्फत अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले एनआई एसिकयाको बैंकको देशभरी छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी सजिलै लिन सक्ने छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend