जन आकाश
काठमाडौं । नेपाल लघुवित्त संघको अध्यक्षमा जगत बहादुर पोखरेल चयन भएका छन । चौतारी लघुवित्त वित्तीय संस्थाका अधक्ष्य समेत रहेका उनी पहिलो पटक अध्यक्ष बनेका हुन । लघुवित्त संस्थाहरुको संगठनले उनलाई निर्विरोध चयन गरेको हो । पोखरेलको अध्यक्षतमा नौ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
त्यस्तै संघको उपाध्यक्षहरुमा ग्रामीण लघुवित्त वित्तीय संस्थाका माणीक रत्न शाक्य र फरवार्ड लघुवित्त वित्तीय संस्थाका भगवती चौधरी, महासचिवमा जनउत्थान लघुवित्त वित्तीय संस्थाका बाबुराम विश्वकर्मा, सचिवमा सुर्योदय लघुवित्त वित्तीय संस्थाका अनन्त कुमार श्रेष्ठ, कोषाध्यक्षमा आधिखोला लघुवित्त वित्तीय संस्थाका नरेश केसी, सदस्यहरुमा वोमि लघुवित्त वित्तीय संस्थाका विमला उपाध्यय घिमिरे, अभियान लघुवित्त वित्तीय संस्थाका बाबुराम थापा र सुपर लघुवित्त वित्तीय संस्थाका किरण चौधरी चयन भएका हुन ।
परम्परागत लघुवित्तको शुरुवात नेवारी समुदायमा गुठी र थकाली समुदायको टुकटी हुदै वि.स. २०१० मा तत्कालिन सरकारबाट सहकारी विभागको स्थापना गरी कृषकहरुलाई कृषि ऋणवाट लघु कर्जाको सुरुवात भएको थियो । वि.स.२०४७ चैत्र १७ गते डा. हरिहरदेव पन्तको नेतृत्वमा निधन उत्थान संस्था स्थापना भइ नेपाल राष्ट बैंकको इजाजत प्राप्त गरि २०४९ चैत्र १ गते लघुवित्त संस्थाका रुपमा पहिला कारोवार शुरु भएको थियो ।नेपालमा आधनिक लघुवित्त कार्यक्रमको सुरुवात भएको अढाइ दशक पूरा भइसकेको छ । नेपाल राष्ट्र बैंकको २०७६ पस मसान्त सम्मको तथ्याङ्क अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको संख्या ९० पगिसकेको छ भने लघुवित्त कार्यक्रम हाल नेपालको ७७ वटा जिल्लाहरुमा विस्तार भएको छ ।
यी सस्थाहरुले आफनो कार्यक्षेत्रमा लघुका सेवाहरु उपलब्ध गराई विपन्न वर्गका आयआर्जन वृद्धि गर्न सहयोग पुर्याई नेपाल सरकारको गरिबी न्यूनीकरणको उद्देश्यमा महत्वपूर्ण भूमिका खेलिरहेका छन । अतः लघुवित्त वित्तीय संस्थाहरु ग्रामीण भेगका विपन्न परिवारका महिलाहरुको आयआर्जन बृद्धि गर्न र वित्तीय साक्षरता प्रदान गरी सानो सानो बचत गर्ने बानी बसाल्न सफल भएको छ ।
लघुवित्त क्षेत्रको बर्तमान अवस्था
लघुवित्त कार्यक्रम एक सामाजिक सेवामा आधारीत व्यवसाय भएकाले लघुवित्त संस्थाले विपन्न तथा न्यून वर्गको हितलाई ध्यानमा राखि आफ्नो सेवा प्रदान गरिरहेका छन । लघुवित्त संस्थाले आफनो लगानीको नाफालाई भन्दा पनि लक्षित वर्गका मानिसहरुलाई मध्यनजर गर्दै लघुवित्त सेवा दिइरहेका छन । नेपाल राष्ट्र बैंकबाट प्रकाशित तथ्यांक अनुसार २०७६ पुस मसान्तसम्म आइपुग्दा लघुवित्त वित्तीय क्षेत्रको प्रमुख वित्तीय सूचकाङ निम्नानुसार रहेको छ ।
२०७६ पुस मसान्तको प्रमुख वित्तीय सुर्चाकहरु
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको संख्या ९०, कार्यक्रम पुगेको जिल्ला ७७, कुल कर्मचारी संख्या १८ हजार ८८५,
कुल शाखा संख्या ३ हजार ८६१, कुल केन्द्र संख्या २ लाख ९८ हजार ३५९, कुल समुह संख्या १० लाख ५ हजार ५३८, कुल सदस्य संख्या ४५ लाख ७९ हजार ७३९, कुल ऋणी संख्या २८ लाख ५ हजार ८१५, कुल पूजी कोष रु (दश लाखमा ) ३२ हजार ५९६, लगानीमा रहेको कर्जा रु दश लाखमा २ लाख ५६ हजार ३१९, कुल बचत संख्या रु दश लाखमा १ लाख १ हजार ९१० र कुल सापटी रु दश लाखमा १ लाख ४४ हजार ९४० रहेको छ ।
लघुवित्त संघ नेपालको स्थापना
वित्तीय सेवाको विकास विस्तार, स्थायित्व र मयादित कार्यस्थल, सहयोग गर्ने नियामक निकायका प्रतिनिधि बैंक तथा वित्तीय सस्थाका उच्च पदस्थ पदाधिकारी विज्ञ व्यवस्थापनका प्रतिनिधि एवं नेपाल राष्ट्र बैंक, नेपाल सरकार, अर्थमन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालय, धितोपत्र बोर्ड, विमा समिति लगायत यस क्षेत्रका सरोकारवालाहरु बिच सहकार्य गरी, लघुवित्त सेवालाई प्रभावकारी एवं दीगो बनाउनका लागि २०७६ पौष ५ गते काठमाण्डौमा लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरुको भेला भई सो भेलाको निर्णय अनुरुप लघुवित्त संघ नेपाल Microfinance Association Nepal या (MAN) नामक विशुद्ध गैर सरकारी संस्थाको स्थापना गर्ने निर्णय भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend