logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तिनाथ विकास बैंकका (डिम्याट) खाता निःशुल्क खोल्न सकिने अवसर


  • जन आकाश
  • आइतबार, चैत्र २ २०७६

काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको विभिन्न वित्तिय आवाश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरुमा नविनत्तम सुविधाहरु प्रदान गर्दै जाने योजना अनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था गरेकोे छ ।



देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराउने बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने व्यवस्था बैकले ल्याएको छ ।

आज प्रकाशित बिज्ञप्तिमा उल्लेख भए अनुसार उक्त योजना सार्वजानिक गरेको हो ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले हस्तक्षर गरेको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend