जन आकाश
काठमार्डौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं धुम्बाराहीस्थित अका होटलको सेवा शुल्कमा २० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच समझदारी ओयुएममा सम्झौता भई उक्त छुट पाउने गरी सहमति भएको हो । बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलको तर्फवाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका छन् । उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् । यसैगरी ग्राहक हरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend