logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हायात होटलमा एन आई सी एशियाका ग्रहकलाइ छुट


  • जन आकाश
  • सोमबार, चैत्र ३ २०७६

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौं स्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच सम्झौता भएको छ । योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी पत्रमा उल्लेख छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका छन् । समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन् । बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक ग्रहकहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend