जन आकाश
काठमाडौं । कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरुलाई विशेष छुटको सम्झौता भएको छ ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियाशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ ।
सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत पोखरास्थित हेरिटेज होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।
बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५%, खानपानमा र स्पा सुविधाहरुमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिदैं आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend