logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

दोरम्बा गाउँपालिकाका अध्यक्ष, वडा अध्याक्ष र अधिकृत बिरुद्ध अदालतमा मुद्दा


  • जन आकाश
  • बुधबार, चैत्र ५ २०७६

काठमाडौं । दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, २ वडा अध्यक्ष खडग बहादुर श्रेष्ठ, र प्रसाशकिय अधिकृत दिपेनद्र रेग्मी विरुद्ध दोरम्बा बजारका स्थानीयले मुद्दा दायर गरेका छन् ।
गाउपालिकाले बजारवासीलाई घर टहरा खाली गर्न ३५ दिने सूचना जारी भएपछि सार्वजनिक प्रति जग्गामा बसोबास गर्दै आएका केही नम्वरी जग्गा भएका बासिन्दाहरुले गाउँपालिकाका अध्यक्ष मोक्तान, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मी र दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडग बहादुर श्रेष्ठलाई प्रतिपक्ष बनाएर मुद्दा दर्ता गराएका हुन् ।
गाउँपालिकाले बजारलाई व्यवस्थित गर्न र बजारवासीको व्यवस्थापन गर्न घर टहरा भत्काएर नयाँ बजार स्थापना गर्नको लागि गत माघ २० गते सार्वजनिक सूचना जारी गरेको थियो । तर सूचनाको म्याद सकिन तीन दिन बाँकी रहदा फागुन २३ गते बजारवासीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका हुन् ।
दोरम्बा बजारका स्थानीय मिन बहादुर घिसिङको नेतृत्वमा उच्च अदालतमा मुद्दा दायर भएसँगै प्रारम्भिक सुनुवाई सुरु भएको छ । कमानसिंह मोक्तानले बजारलाई व्यवस्थित गराउनको लागि घर टहरा खाली गराउन जारी गरेको सूचना जायज भएको अध्यक्ष मोक्तानले बताउदै आएका छन् ।
तर दोरम्वा वडा न. २ का बासिन्दाले भने जर्वजस्ती रामेछाप जिल्लाकै पुरानो बजार हाम्रो बैकल्पीक व्यवस्थापन नगरी उठाउन लागेको हुदा हमी जस्तो सुकै परिस्थितिके सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend