logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एन आई सी बैंकले दियो खातावालालाई बीमा भुक्तानी


  • जन आकाश
  • बुधबार, चैत्र ५ २०७६

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमा अन्तर्गत रू १५ लाख प्रदान गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठीले यही चैत्र ४ का दिन उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजना अन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधा अन्तर्गत खातावालाले बीमा रकम दावी गर्नुभएको थियो । यसैगरी बैंकको बीमा सहितको निक्षेप योजना अन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरुले बीमा वापतको रू ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend