जन आकाश
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ ।
परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिएको जानकारी अनुसार एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको आज बसेको मन्त्री परिषदले २५ जना भन्दा बढी मानिस उपस्थित भएर गरिने कुनै पनि कार्यक्रम नगर्न निर्देशन गर्नृे निर्णय भएपछि एसईई परिक्षा प्रभावित भएको हो ।
बिद्यार्थीहरुमा यतिवेला सन्तोषको सास महसुस भएको हुनुपर्छ किनकी त्रासमा परिक्षा दिदा कस्तो परिणम आउछ त्यो भन्न नसकिने अवस्थामा सरकारले गरेको निर्णयमा बिद्यार्थीहरु खुसी भएका छन् । तर एक थरी बिद्यार्थीहरुको भनाई भने अलि फरक आएको छ । यो अन्यौल कहिले सम्मको लागि हो । बिद्यार्थीले आफ्नो भविष्य जाच्ने अवसरको रुपमा हेरिएको एसईई परिक्षा पर सर्दा पढेर तयारी गरिरहेका बिद्यार्थीमा निरास हुनु स्वभाविक हो । तर अहिलेको परिस्थितिमा बिद्यार्थीले पनि यो कुराहरुलाई मनन गरेर बुझ्नु पर्ने देखिन्छ ।
।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend