जन आकाश
काठमाडौं । नेपालमा अहिले सम्म कोरोनाको जिवाणुवाट नेपालमा खासै असर परेको छैन । तर नेपालको अर्थतन्त्रमा भने नराम्रो असर पर्न थालिसकेको छ । यो एक महिनाको अवस्थामा नेपालका उधोग कालकारखाना ब्यापारमा असर देखिन थालेको ब्यवसायीले बताउन थालेका छन् ।
नेपालका सेयर बजारहरु ओरालो लागेको छन् । काठमाडौ लगायत शहरका मानिसहरु गाउँतिर बसोबास सर्न थालेका छन् ।
अरुबेला जस्तो कालाबजारी यो पटक ब्यापारीले गर्न पाएनान् गरेको देखिदैन ।
नेपालमा कुनै बेला यस्तो पनि थियो देशमा केही हुन लाग्यो भनेर हल्ला गर्ने बित्तिक्कै काला बजारीहरुले सामान लुकाएर कालो बजारी गर्ने गर्थे यो पटक भने त्यस्तो कसैले गर्ने आट गरेनान् । कतै कालो बजारी गर्नेहरुलाई ठाउँको ठाउँ अनुगमन टोलिले कारवाही गरेर जनताको पक्षमा काम गरेको देखिरहेको छ ।
एता कालो बजारी गर्न पाईन्छ की भनेर सपना देख्दै बसेका बिगतमा कालो बजारी गर्न पल्केकाहरुको सातो गएको छ । याहा कालो बजारी अरु कसैले गर्ने होईनान् ठुला भनिएका ब्यापारीहरुले कोही कसैको पावरको आडमा गर्ने गर्दछन् । अहिले पनि त्यस्तै अभ्याश गर्न ब्यापारीहरुका काला बजारी गर्न पल्केकाहरु संघ, संस्थामा छलफल गरेर दाउ हेरेर बसेका छन् । सरकारमा नै मन्त्री भईसकेका ब्यापारी समेत यस्तो घटनामा संलग्न रहेको समाचार बाहिर आएको छ । तर ति मन्त्री समेत भएका ब्यापारीले सार्वजानिक स्थलमा स्पष्टीकरण दिईसकेका छन् । भने सरकारमा रहेका मान्छेहरु पनि यस्ता कु कर्ममा नलागेको भन्न सकिने अवस्था छैन । यो सवै घटना र पात्रहरुको प्रबृतिवाट कहिले काही नहोला भन्न सकिदैन । त्यो घटनावाट पाठ सिकेर त्यस्ता कालो बजारी गर्ने तत्वहरुको समुहहरुको सञ्जाललाई यो संक्रमण अवस्थामा तोड्न सक्यो भने नेपालको इतिहाँसमा त्यस्ता खालका कालाबजारी गरेर उपभोक्ता ठग्नेहरु सदाको लागि अन्त्य गर्न सकिन्छ । ति कहिल्यै उठ्न सक्ने छैनान् ।
नेपालीहरु अप्ठ्यारोमा एकढिक्का हुन्छन
जतिवेला देशलाई अप्ठ्यारो पर्छ त्यतिवेला नेपालका नेपालीहरु एकढिक्का हुन्छन् चाहे नालापानी युद्धको ईतिहाँस होस । त्यस्तै अर्को उदारण भारतले लगाएको नाकाबन्दी होस वा २०७२ सालको महाभुकम्प होस त्यसवाट पाठ सिकेर नेपालीहरुले अप्ठ्यारो पर्दा सवै नेपालीहरुमा मानवीय जागरण पैदा भएको छ । त्यसले पनि नेपालमा केही मानवता र्बिसिएका बाहेका हरेक नेपालीहरुले नेपाललाई परेको अप्ठ्यारोको समयमा साथसाथ रहेर एकले अर्कोलाई सहयोग गरेर सवैको समस्या साझा समस्या ठानेर काम गर्छन यो नेपालीहरुको ईतिहाँस हो । परम्परा हो । देशभक्ति हो । नेपालीपन हो । यो सकरात्मक मानवीयमा आधारित संस्कारलाई हामीले युगौयुगसम्म जोगाईराख्न पनि नेपालीहरुले संकटको वेला त्यो उदारण देखाउनु पर्छ । यो भावना ईतिहाँस र ब्यवहारिक पनलाई जसरी हामीलाई प्रकृतिले समेत सुन्दर देश दिएको छ । त्यस्तै मानताको लागि पनि बिश्वकै उदारणिय काम बिशेषतः सक्रमणकालको अवस्थामा कसैले पनि कालो बजारी नगर्ने, गरेको थाहा पाए सामुहिक प्रतिकार गर्ने, वा सम्बन्धित निकायलाई खबर गर्र्नै, एकजनाले थाहा पाएका जानकारी अर्कोसँग आदान प्रदान गरेर सहयोग गर्ने, कुनै नेपालीलाई अप्ठ्यारो परेको काही कतै थाहा पाएमा आफैले सहयोग गर्न सकेको खण्डमा सहयोग गर्ने वा आफ्नो मात्र सहयोगले नसकेमा सामुहिक रुपमा सहयोग गर्ने र नेपालको आधिकारिक सरकारी निकायहरुमा जानकारी गराउनु यतिवेला सवै नेपालीहरुको कत्व्य हो । यो हरेक नेपालीले नेपाली हुन्को गर्व जति गछौ त्यति नै एक अर्काप्रतिको सदभाव पनि उत्तिक्कै हुनुपर्दछ । त्यो काम हामी नेपालीहरुले गनै पर्छ । गरौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend