जन आकाश
काठमाडौं । रामेछाप काठमाडौं पत्रकार समाजले रामेछाप जिल्लाका तर काठमाडौं उपत्यकामा बिभिन्न सञ्चारमाध्यममा काम गर्ने रामेछापका पत्रकारहरुलाई प्रेस लेखेको ज्याकेट, कोरोना भाईरसवाट बच्नको लागि पञ्जा, स्यानी टाईजर, मास्क, बितरण गरेको हो । काठमाडौंका भृकुटी मण्डपस्थित पत्रकार माहासंघ काठमाडौ शाखाको प्रागणमा सामाजिक दुरी कायम गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
आज असार १५ गते नेपालीहरुले असार १५ लाइ सामुहिक रुपमा रोपाई गरेर सामुहिक रुपमा दही चिउरा खाई रमाउने चलन छ । सोही अवसर पारेर रामेछाप काठमाडौं पत्रकार समाजले उपस्थित पत्रकारहरुलाई दही र चिउराले स्वागत गरेको थियो ।
जिल्लाका धेरै पत्रकारहरुको उपस्थिति रहेको थियो । रामेछाप काठमाडौं पत्रकार समाजका पदाधिकारीहरुले उपस्थित पत्रकारहरुलाई जाकेट लगायतका सामग्री प्रदान गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend