जन आकाश
असार १५ मा सवैले खेतवारीमा हिलो छयापछयाप गरेर रमाइलो गरेको त सवैलाई थाहा नै छ । अर्को तर्फ कहिलेकाही सडक हिलो हुुदा सडकमा धान रोपेर बिरोध गरेको पनि सुन्न देख्न पाईन्थ्यो । तर असार १५ नै पारेर सडकमा धान रोप्दै बिरोध गरेको चै यो पहिलो घटना भएको छ ।
यो घटना धनकुटाको हिले नगरपालिका वडा न. १ मा भएको हो । हिले नगरपालिका वडा न. १ ले अनाआवाश्यक ढलको काम गरेर सडक भत्काएर हिलाम्यै बनाएको र सर्वसाधारणलाई दुख दिएको भनि त्याहाका स्थानीय पार्टीहरुले हिलोमा धानरोप्ने राजनीति गरेका छन् ।
राप्रपा लोकतान्त्रिक, नेपाली काग्रेस, सघिय समाजवादी पार्टीको अगुवाईमा धनकुटाको हिलेमा ढल बनाउन सडक खनेर हिलो भएको र असार १५ कै समय पारेर बिरोध स्वरुप सडकमा धान रोपेर बिरोध जनाएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend