logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप नगरपालिकाको सातौँ नगर सभा सम्पन्न

कृषि र रोजगार सृर्जना गरी आर्थिक फडको मार्ने दावी


  • जन आकाश
  • बुधबार, असार १७ २०७७

रामेछाप 



रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले सातौ नगरसभा सम्पन्न गरेको छ । उक्त सभाामा आर्थिक बर्ष २०७७ / २०७८ को नीति योजना कार्यक्रम प्रस्तुत गदै नगरपालिकाले आंउदो आर्थिक बर्षमा कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने र रोजगारीलाई ब्यवस्थित गदै आर्थिक रुपमा फडको मार्ने लक्ष्य लिएर अगाडी बढ्ने योजना सार्वजानिक गरेको छ । । कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएका नागरिकहरुलाई रोजगारको अवसर सृजना गर्ने भन्दै नगरपालिकाले कृषि र रोजगारलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउदै नागरिकको जीवनस्तर सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नीति तथा कार्यक्रममा प्राथमिकता राखेर काम गर्ने र बिदेशमा जाने मानसिकतालाई स्थानीय रुपमा नै रोजगरीको राम्रो प्रबन्ध मिलाएको खण्डमा आर्थिक फडको मार्न सक्ने लक्ष्य राखेको नगरपालिको योजनामा उल्लेख छ ।

रामेछाप नगरपालिकाकी नगर उपप्रमुख सृजना खड्काले सातौं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण विदेश तथा स्वदेशमा जागिर गुमाएका तथा बेरोजगार युवालाई व्यावसायीक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । कृषि र पशुपालन क्षेत्रबाट रोजगारीका अवसर सृजना गर्न सकिने भन्दै आउदो बर्षका अधिकांस कार्यक्रम कृषि र पशु पालन तर्फ केन्द्रित गरिएको छ । यसैगरी कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउनुका साथसाथै स्वरोजगारको माध्यमवाट नगरका नागरिकहरुलाई सक्षम बनाउन गर्नुपर्ने कार्यहरु सवै गरेर आर्थिक रुपमा सम्पन्न बनाउने नीति तथा कार्यक्रममा उललेख गरिएको छ ।

बार्षिक नीति तथा कार्यक्रममा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने, क्वारेन्टिन व्यवस्थित बनाउने र आधारभुत आवश्यकताका वस्तुको सहज आपुर्ती व्यवस्था मिलाउने बिषयलाई प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई मध्यनजर गर्दै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गरिने उल्लेख छ । यस्तै जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने, कृषि र पशुपालनलाई व्यवसायिक बनाउने ,खेलकुद , लोक सेवा तयारी कक्षा सन्चालन, स्थानिय सन्चार माध्यमहरुको विकास र प्राथमिकता, होमस्टे सन्चालन, ठाउँठाउँमा पानी संकलन गर्नका लागी पोखरीहरु बनाउने लगायतका महत्वपुर्ण योजनाहरुलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ८३ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ का लागी रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न सातौँ नगर सभामा प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेल , ९ वटै वडाका वडाअध्यक्ष, वडा सदस्य लगायत कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
रामेछपका ८ बटा स्थानीय सरकार रहेका छन् रामेछाम नगरपालिका त्यसैमध्यको एक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend