logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पत्रकारहरुको आन्दोलन बबरमहलमा गुन्जियो


  • जन आकाश
  • शुक्रबार, असार १९ २०७७

काठमाडौं ।
नेपाल पत्रकार महासंघको आयोजनामा आज दिउसो २ बजे काठमाडौको बबरमहलमा पेशागत संरक्षणको लागि पत्रकारहरुको एक्यबद्धता प्रदर्शन भएको छ । नेपालका ठुला भनिएका सञ्चारमाध्यममा कार्यरत कर्मचारीहरुलाई कोरोनाको निउ बनाएर ठुला भनिएका सञ्चार माध्यमहरुले निस्कानशन गरेको र अन्यलाई पनि निस्कानशन गर्न लागेको बिरोधमा पत्रकार महासंघ, पत्रकारसँग सम्बन्धित संघ, संस्थाहरुले आज पहिलो चरणको आन्दोलनमा एक्यबद्धता जनाएका हुन् । ठुला भनिएका सञ्चारमाध्यमका साहुहरुले कोरोनाको बाहाना बनाएर पत्रकारहरुलाई अप्ठ्यारो परेको बेलामा निस्काशन गर्न लागेको भनेर पत्रकारसँग सम्बन्धित संस्थाका अगुवाहरुले तत्काल त्यस्तो निर्णय सच्याउन बबरमहलको अगाडी सडकमा जम्मा भई त्याही कार्यक्रम गरी त्यहीवाट खुल्ला चेतावनी दिएका हुन ।
हालै ति ठुला भनिएका सञ्चारमध्यमवाट निस्काशन गरिएका श्रमजीवि पत्रकारहरुलाइ तुरुन्तै काममा नफकाए ति समस्या भएका मिडिया हाउसहरुमा गएर एकैसाथ धावा बोल्ने पनि कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा बक्ताहरुले अभिब्याक्ति दिएका हुन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend