logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कोरोनाको रोगले भन्दा सर्वसाधरण भोकले मर्ने खतरा बढ्यो


  • जन आकाश
  • सोमबार, असार २२ २०७७

काठमाडौं ।
बिश्वका मानिसहरुलाई नै तहस नहस पार्ने गरी चीनको वुहानवाट शुरु भएको भनिएको कोभिड १९ ले नेपालमा खासै प्रभाव नपारे पनि यता सरकारले लगाएको लकडाउनका कारण मानिसहरु रोगले भन्दा पनि भोकले मृत्युवरणको मुखमा पदंै गएको देखिन्छ ।
चैत्रवाट सरकारले लगाएको लकडाउन बन्दाबन्दी आजसम्म १०० दिन भन्दा बढी भइसकेको छ । एकठाउवाट अर्कोठाउ गएर कमाइ गरिखाने मजदुर, अर्को देशवाट नेपालमा सामान ल्याएर बेच्ने ब्यापारी, आफ्नै देशभित्र एकठाउँवाट अर्कोठाउ लगेर सामान बेच्ने मध्यम बर्गीय ब्यापारी, चिया पसल चलाएर परिवार पाल्ने निम्नवर्गीय ब्यापारीहरु , यातायात चलाएर आफ्नो परिवार पाल्ने यातायातका चालकहरु, होटल ब्यवसायीहरु र होटलमा काम गरेर गुजारा चलाउनेहरु यो लामो ३ महिनाको बन्दाबन्दीले खेतवारीमा तरकारी फलाएर बजारमा लगेर गर्जो टार्ने किसानहरु यतिवेला देशका बिशेषतः कार्यकारी पदमा रहेका मानिसहरु बाहेका सवै नेपालीहरुमा समस्याको चाङ अग्लिदै गएको छ ।
मुख्य समस्याहरु
बिरामी परेका नागरिकहरुले अस्पताल जान यातयात नपाउदा पाइहाले पनि चर्को भाडाका कारण तिर्न नसक्दा अकालमै मृत्यु ब्यहोर्नु परेको छ ।
अर्को तर्फ गाउवाट शहर पसेका र गाउमा पनि आफ्नो जाय जेथा नभएका र शहरमा जसो तसो काम गरेर बसेका मानिसहरुको भएको अलिअलि पैशा सकिसकेको र खाद्यन्न पनि सकिसकेको काम आम्दानीको कुनै टुङगो नभएको हुदा समस्याले मानसिक तनावहरु उत्पन्न हुन थालिसकेका छन् । यो निक्कै डरलाग्दो अवस्था हो ।
सरकारको नीति पनि बिभेदकारी
संविधानले सवै नागरिकको समान अधिकार हुनेछ भनेर उल्लेख गरेको छ । तर कोभिड १९ नेपाल फैलने डरले सरकारले लिएको नीति भने बिभेदकारी देखिन्छ । प्राइभेट नम्वर प्लेटका यातायातलाई जोर बिजोर प्रणाली लागु गरेर चल्न दिएको भएपनि सार्वजानिक यातायात सञ्चालन नहुदा ५०० भाडा तिरे पुग्ने ठाउमा २००० भाडा तिरेर मानिसहरु यात्रा गर्न बाध्य छन् ।
पास बनाउन जानेका र पहु्च भएकाहरुले निर्वाध रुपमा बन्दाबन्दीको समयमा पनि देशमा ब्यापारको नाममा कालाबजारी गरिरहेका छन् । हुने खाने बर्गहरु त जति भनेपनि तिरेर खान सकेकै छन् । तर सवैसाधरण जनताहरु काठमाडौ शहर वा अन्य शहरवाट आफ्नो घर जाउ भन्दा यातायातको अभावको कारण जान सकेनान् । भने अर्को तर्फ काठमाडौका घरबेटीहरुको लकडाउनमा पनि कचकचले सर्वसाधरण गरिखाने नागरिकलाई सताइ नै रहेको छ । सरकारले १ महिनाको भाडा नलिन गरेको आग्रहलाई घरबेटीहरुले टेरेका छैनान् ।
घरमा बस्ने र भाडावालहरु बीच द्धन्द्ध बढ्दै गएको छ । कोही कोठा लिएर बसेकाहरु इातायात पाउने जति आफ्नो घर गाउ गएका छन् भने ति कोठामा बस्ने नागरिकहरुलाई फोन मार्फत घरबेटीहरुले खातामा पैशा हाल्न दवाव दिने गरेको केही ब्यातिmहरु भनाई रहेको छ ।
सरकारले सडकमा हिड्ने बाइकको चावी खोसेर सर्वसाधरणलाई कारवाही गर्न सक्छ । तर काठमाडौ वा शहरका धनाढ्य घरबेटीहरुलाई कारवाही गर्न सक्दैन ।
कतिपय ठाउमा दानी घरबेटी पनि भेटिन्छन् ।
धेरैजति काठमाडौका घरबेटीहरुले बाहालवालाहरुलाई आताङ मच्चाई रहेको बेला कतिपय घरबेटीहरुले चै बन्दाबन्दीको ३ महिनाको भाडा छुट गरेर बहालवालाहरुको जीवन बचाउ अभियानमा सघाएको भेटिन्छ ।
सरकारले बन्दाबन्दीको नीति फेर्नुपर्ने चौतर्फी माग ।
हलसम्म नेपालमा बसोबास गरिरहेका नेपालीहरुलाई कोरोना लागेको देखिदैन तर बिदेशवाट आएका नागरिकहरुमा चै त्यो भेटिएको स्वास्थ्य मन्त्रलयको आकाडामा देखिन्छ । आरडिटी, र पिसिआर टेस्ट पनि नेपालको लागि प्रभावकारी देखिएको छैन । त्यसैले रोगको नि¥यन्त्रणको लागि कोरयान्टाइनमा बस्दा सुरक्षित भन्दा झन असुरक्षित भएको जस्तो नागरिकहरुले महसुस गर्न थालेका छन् । समयमा खाना पानी , आराम र सफा सुघर नह्दा र क्याम्पभित्र समयमा औषधी उपचार नपुग्दा कोरोनाको रोगले भन्दा अकालमा अरु कारणले ज्यान जाने खतरा बढेको छ ।
त्यसकारण बिदेशवाट आएका नागरिकहरुलाई निगरानीमा राखेर उपचार गर्ने र तिनिहरुको ब्यवस्थापन राम्रै गर्ने तर देशभित्र अन्य क्षेत्रलाई खुकुलो पार्नुपर्ने सर्वसाधरणको जोड रहेको छ ।
सर्वसाधरण जनताको हितमा सरकारले काम गर्नुपर्ने हो त्यस्तो कतै गरेको देखिदैन ।यस्तै अवस्था रहने हो भने नेपालको अर्थतन्त्र त ध्वस्त हुन्छ नै भोकले मासिन मर्नेको संख्या बृद्धि हुन सक्छ । त्सैले बेलैमा सर्वसाधरणको बाध्यतालाई सरकारले बुझ्नु पर्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend