logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपालको राजनीति भारत चीन र अमेरिकाको चपेटामा


  • जन आकाश
  • मंगलबार, असार २३ २०७७

 



भारतले नेपालको लिम्पियाधुरा र कालापानी भुमि हडपेको बिषयमा बार्ता गर्न नेपालले प्रस्ताव राख्दा चासो नदिने भारतले नेपालको सरकारपक्ष पार्टी नेकपा नेकपाको विवादको बिषयमा भने आफ्नो दुत पठाएर नेपाललाई अर्को द्धन्द्धमा फसाउने खेल खेल्ने गरी आएको छ ।त्यो गएको हप्ता भारत सरकारको सुरक्षा सल्लाहाकार प्रमुख अजित डोभालका प्रतिनिधिहरु नेपालमा आएर शंकस्पद गतिविधि गरेर गएकोे बिषयले नेपालीहरु सशंकित भएका छन् । नेपाल र भारत छिमेकी राष्ट्र भएपनि भारतको ब्यवहार नेपालको लागि सधै हेपाहा प्रबृति देखाउने गरेका कारण नेपालका नेपालीहरु भारतप्रति रिसाउदै आएका छन् । यो पछिल्लो समयमा झनै बढेर गएको छ । त्यो अरु कारण नभएर नेपालको भुभाग कालापानी र लिम्पियाधुरा भारतीय नक्सामा उल्लेख गरेर हडपेपछि नेपालीहरु अर्कोशित भएका हुन् ।

त्योसतः बिगतदेखि नै भारतले नेपालका कतिपय भुभागहरुमा जर्वजस्त हडप्ने र नेपालको प्रस्ताव नसुन्ने गरेर बलमिचाई गदै आएको थियो । कालापानी र लिपुलेक नेपालको भुभाग भएको नेपाल र भारतको संयुक्त सीमा कार्यदलले सन १९९८ अध्ययनले सन १९५५ देखि नैं नेपालको भुभागमा भारतको प्रहरी पोष्ट राखेको भारतले नै सुइकारेको छ । त्यसपछि भारतीय सेनाहरुले सन.१९६२ मा चीन र भारत युद्धको वेला नेपालको भुभागमा भारतीय सेनाले प्रयोग गरेको र त्यो भुभाग नेपालको भारतले हालसम्म नछोडेको हो । उल्टै भारतले पाकिस्तानको काश्मिर, चीनको लदाख र नेपालको कालापानी समेटेर अग्रजी पात्रो अनुसार २०१९ नोभेम्वरमा २ मा नक्सा सार्वजानिक गरेपछि नेपालले भारतलाई उक्त नक्सा सच्याउन बाराम्बार प्रस्ताव राख्दै आएको थियो । तर त्यो भारतले नेपाललाई हेपाहा प्रबृतिको देखाउदै बेवास्ता गदै आयो र नेपालले आफ्नो भुमिको रक्षा गर्न नयाँ नक्सा सार्वजानिक गर्न बाध्य भयो । नयाँ नक्सा सार्वजानिक गर्दा पनि नेपालले मित्रवत भावना राखेर वार्तावाट यसको सावधान गर्नुपर्छ भनि परराष्ट्र मन्त्रालयवाट पटक पटक आग्रह गर्दापनि कुनै सुुनुवाई गरेको थिएन । अहिले नेपालको सत्तापक्षको विवादको समयमा भारतीय सुरक्षा सल्लाहकार प्रमुखले प्रतिनिधि नेपालमा पठाएर नेपालको सोल्टी होटलमा नेपालका केही राजनीतिक ब्याक्तिहरुलाई भेटी आन्तरिक मामलामा चासो राखेको देखेर नेपालीहरुको मनमा ठेस पु¥याएको छ । नेपालीहरु आर्कोशित छन् । त्यसैगरी छिमेकी राष्ट्र चीनले पनि नेपालको नेकपा नेकपाको बिवाद चर्केको वेला नेपालका नेकपा नेकपाका सिर्श नेताहरुलाई राजदुलले भेटेकी छन् । यसले सहजै अनुमान लगाउन सकिन्छ । नेपाल यतिवेला दुवै ठुला छिमेकी राष्ट्रको दवावको चपेटामा परेको छ भने अर्को शक्तिसाली राष्ट्र अमेरिकाले एमसिसि सम्झौता गर्न दवाव दिएको दियै छ । नेपालका परराष्ट्रमन्त्रीसँग अमेरिकी परराष्ट्रमन्त्रीस्तरीय फोन वार्ताले पनि नेपाल त्रिपक्षीय दवावका बीच नेपाल गुज्रीराखेको छ ।

नेपाल अल्पबिकशित मुलुक भुगोलको हिशावले पनि दुवै छिमेकी मुलुकभन्दा सानो शक्तिसाली अमेरिका भन्दा स्रोत साधनको हिशावले पछाडी नै छ । यस्तो अवस्थामा छिमेकी राष्ट्र शक्तिसाली राष्ट्रले नेपाली जनता स्वतन्त्र अधिकार प्रयोग गर्न चाहान्छन् भन्ने बुझिदिनुपर्छ र नेपालको बिकाशमा हो भने अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (–mअअ) नेपाली जनताले भनेजस्तै केही बुदाहरु परिमार्जन गरेर नेपाललाई सहयोग गर्नुपर्छ । नेपालको हितमा छैन भने फिर्ता गरिनुपर्छ । त्यो अमेरिकाले यो एमसिसिको बिषयमा उदारता देखायो भने यतिवेलाको नेपालको बिवाद र अन्तराष्ट्रिय चासो नेपालमा कम हुन्छ । चीनको चासो सायद यहि अमेरिकी एम सि सिमा भएको हुनुपर्छ । भने भारतले त नेपाललाई कमजोर बनाएर सिक्किम जस्तै बिलय गराउन सकिन्छ की भन्ने दाउमा रहेको बिगत देखि नै नेपालका राजनीतिक बिश्लेषकहरुले भन्दै आएका छन् । भारतले बेला बेलामा नकाबन्दी लगाएर त्यस्तै ब्यवहार पनि गदै आएको छ ।

जति भारतलाई आफ्नो देशको माया छ । त्यस्तै नेपालका नेपालीलाई पनि त्यतिकै आफ्नो देश नेपालको माया छ । जति अमेरिकनहरुलाई आफ्नो स्वतन्त्र चाहिएको छ । त्यस्तै हाम्रो नेपालका नेपालीलाई पनि उत्तिक्कै स्वतन्त्र चाहान्छन् । जति चीनलाई चीनको सर्वभौम सत्ताको रक्षा गर्नुपर्ने र उन्नतिको पथमा हिडिरहेको छ । त्यस्तै अनुशासित भएर नेपालको उन्नति प्रगति नेपाल पनि गर्न चाहान्छ । नेपालले कुनै राष्ट्रको बिरुद्ध अर्को राष्ट्रलाई प्रयोग गदैन भन्ने उदारण नेपालमा हुने तिब्बतियन पृथकतावादी आन्दोलन नियन्त्रण गरिरहेको छ । भने भारतबिरुद्ध हुने सीमा क्षेत्रमा आताङवादी गतिविधिलाई नियन्त्रण गरिरहेकै छ । यति गर्नुसक्नु पनि नेपाल सफल राष्ट्र हो भन्ने देखाउछ ।
भारतले नेपालमाथि लगाएको चिनियाँ कार्ड ब्यर्थ छ । अमेरिकाको नेपालमा चिनियाँ प्रभाव बढदो भन्ने बुझाई पनि गलत छ । चीनले नेपालमा अमेरिकाको गतिविधि शंकापस्द ठान्नु पदैन । किनकी नेपाल स्वतन्त्र राष्ट्र हो । नेपालले आफ्नो राष्ट्रिय सुरक्षा नीति अनुसार कुनैपनि मुलुक बिरुद्ध नेपालको भुमि प्रयोग गर्न दिदैन । यदाकदा हुने गरेका गतिविधिलाई समेत नेपालले नियन्त्रण गदै आईरहेको छ ।

त्यसकारण नेपाल राष्ट्रलाई कमजोर ठानेर दुई ठुुला छिमेकी मुलुक भारत र चीन बिश्वको शक्तिसाली अमेरिकी नेपालको मित्र राष्ट्रहरुले दवाव दिनु उचित देखिदैन । यतिवेला विश्व कोरोनाको माहामारी र यो भन्दा अगाडी २०७२ सालको महा भुकम्प, भारतको नाकाबन्दी, १२ बर्षे आन्तरिक द्धन्द्ध र संविधान निर्माणको लागि १० बर्ष अन्यौलमा नै बिताउनु पर्दा नेपालका नेपालीहरुले धेरै खालका महाकष्ट ब्यहोरी सकेको र भरखर्र भरखर्र बिकाशको काममा बामे सदै गरेको राष्ट्र नेपाललाई धेरै धेरै भन्दा धेरै सहयोग र सदभाव आवाश्यक छ । अन्तराष्ट्रि सहयोग समर्थन आवाश्यक छ । त्यो आवाश्यकतालाई र नेपालको परिस्थितिलाई बुझेर दुखःमा अन्तराष्ट्रिय साथ सहयोग जरुरी छ । कुनै दिन शक्तिसाली भएका राष्ट्रहरु अहिले कमजोर भएका पनि छन् । कुनैवेला कमजोर भएका राष्ट्रहरु अहिले शक्तिसाली भएका छन् । नेपाल पनि अहिले अप्ठयारोमा भएपनि कुनैबेला शक्तिसाली बन्ने छ । त्यतिवेला सहयोगी राष्ट्रहरुले पु¥याएको योगदान नेपालले भुल्ने छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend