logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत

सेयरधनीहरु खुसी


  • जन आकाश
  • बिहिबार, असार २५ २०७७

काठमाडौं ।



एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा मिति यहि २४ गते सूचीकरण भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट मिति २०७६।१२।०४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २,३७,८०,००० कित्ता शेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २,३७,८०० कित्ता शेयर बाँडफाँड भएको र कर्मचारीहरुलाई ७४,००० कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४,००० कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४,४३,२०० कित्ता शेयर सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको शेयर निष्काशन मिति २०७७÷०३÷१४ गते (बैंकिङ्ग समय पश्चात) निष्काशन बन्द गरी एन आइसीले प्रकृया पुरा गरेको थियो ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा बोकेको त्यस सस्थाको प्राथमिक शेयर खरिद गर्न ३,९७,७४१ वटा आवेदन मार्फत सर्वसाधारणहरुले निवेदन दिएकोमा संस्था गौरवान्वित भएको एन आईसी एसियाले जनाएको छ ।

एन.आई.सी.ले आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब १ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी रु १६.३० रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र संस्था प्रतिको भरोसा सहित हाल तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट,सल्यान रसुवा,सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend