जन आकाश
बिगतमा राप्रपावाट टुक्रिएका दुई संगठन अहिले पछिल्लो राजनीतिक घटनासँगै कार्यगत एकता गरेर जाने सहमति भएको छ । आज राष्ट्रिय शक्ति नेपालको लैनचौर कार्यलयमा राप्रपा लोकतान्त्रिकका अध्यक्ष लाक्पा तामाङ र राष्ट्रिय शक्ति नेपालको तर्फवाट पुर्वमन्त्री केशर बहादुर बिष्ट बीच छलफल भई कार्यगत एकता भएको हो ।
नेपालको वर्तवान अवस्थामा आ आफ्नो मादल बजाउँदा राष्ट्रियता र लोकतन्त्र कमजोर हुने र कार्यगत एकता गरेर लोकतन्त्र र राष्ट्रियता बलियो हुने भनि दुबै अध्यक्ष सहमत भई सम्झौत भएको राप्रपा लोकतान्त्रिक स्रोतले जानकारी दिएको हो ।राप्रपा लोकतान्त्रिक र राष्ट्रिय शक्ति नेपालबीच कार्यगत एकता
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend