logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

२०७औं भानु जयन्ती, विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न

लकडाउनका कारण कतिपय कार्यक्रम निवासवाटै अनलाईनमा


  • जन आकाश
  • सोमबार, असार २९ २०७७

 



काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी कायम गरेर मात्र कार्यक्रम गरिएको थियो । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाएका थिए ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘भेटेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए उनले तिनै घासीको उपदेशको सिरोपर गरेर भानुभक्तले रामायणलाई नेपालीमा भावनुवाद गरेका थिए र नाम कमाएका थिए ।

भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचनालगायत कृति प्रकाशित छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली,’ भन्दै कटाक्ष समेत गरेका थिए ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत् एकिकरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend