जन आकाश
?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
नेपाल कृषिप्रधान देश भनेर रटाई रटाई पढाएको सयौ बर्ष पुग्न लागि सक्यो तर नेपालमा खेतमा पानी लगाउने बिषयमा मानिसहरु झगडा गरेर मृत्यु भएका सम्म खबर पढ्नु पर्छ । आजैको घटको घटना पनि त्यस्तै छ । जाहा अभाव त्याहा तनाव भने उखान जस्तै जव खेतमा पानी लगाउने समय हुन्छ । मानिसहरु तनावमा हुन्छन ्। नेपालमा किसानहरुले सिचाइ गर्न राम्रो प्रबन्ध गरेको हुदैन । र आफै किसानहरु पानी खेतमा लगाउन तछाड मछाड गर्ने गर्दछन् ।
पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा खेतमा पानी लगाउने विषयमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । स्थानीय हकिम मियाँ र ओकिल मियाँ पक्षबीच कुटाकुट हुँदा ८ जना घाइते भएका हुन् । हकिम र ओकिल सहोदर दाजुभाइ हुन् ।
झडपमा ६५ वर्षीय हकिम मियाँ, ४५ वर्षीय नुर आलम मियाँ, ४० वर्षीय जहुर आलम मियाँ र ४० वर्षीया अवरुन खातुन घाइते भएका छन् । हकिमको टाउकोमा, नुर आलमको आँखाको माथिल्लो भाग र टाउकोमा, जहुर र अवरुनको हातमा चोट लागेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend