logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कोरानाबाट जोगिने सामाग्री किन्दा मेगा बैंकका ग्राहकलाई छुट


  • जन आकाश
  • मंगलबार, असार ३० २०७७

काठमाडौं ।



कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने बिभिन्न स्वास्थ्य सामाग्रीहरु खरिदमा मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।

मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैंयासम्म छुटको व्यवस्था गरिएको छ । रिचार्जरको वेभसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरुले सामान अर्डर गर्न सक्नेछन् ।

देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।
मेगा बैकको सुविधा ग्रहकहरुका लागि भरपर्दो र बिश्वसनीय रहदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend