logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रतिष्ठित उद्यमी चौधरीद्वारा सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट


  • जन आकाश
  • बुधबार, असार ३१ २०७७

चितवन ।
चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । फोब्र्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरुको सूचीमा समेत परेका मुलुकका प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो ।



उद्योग व्यवसायमा मात्रै सीमित नभएर मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समेत अतुलनीय योगदान गर्दै आएका मनकारी व्यक्तित्व चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहतहोस् भनेर भाडा छुटको निर्देशन दिएको हाम्रा चितवन संवाददाता मोहन पोखरेलले जानकारी दिनुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend