जन आकाश
काठमाडौ ।
वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहक महानुभावको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६औं वार्षिकँेत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।
जस अन्तर्गत
घर कर्जामा ७.९९%
धितो कर्जामा ८.४९%
व्यक्तिगत ओभरड्राफ्टमा ८.४९%
साना तथा मझौला कर्जामा ७.९९%
सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकँेत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट ग्रहकले सेवा सुविधा लिन सक्नेछन् । नयाँ योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई सजिलो बनाउदे सहायता पु¥याउने पनि बैकको दावी छ ।
सन् १९८४ मा स्थापना कालदेखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैकले आफ्ना योजनाहरुमा जनाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend