जन आकाश
काठमाडौं ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमा NFRS प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरु मध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५÷०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार Best Presented Annual Report Award मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले (Public and Private Sector )विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. बैंकिङ्ग क्षेत्र ९एगदष्अि बलम एचष्खबतभ क्भअतयच ०२.वित्तीय क्षेत्र ३. बीमा क्षेत्र ४. सार्वजनिक क्षेत्र ईकाइ ५. सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्रविधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।
समारोहका विशेष अतिथि महालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend