logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एन आई सी एशिया बैंकमा अनलाईनबाटै भौचर भर्न सकिने


  • जन आकाश
  • शुक्रबार, साउन २ २०७७

काठमाडौं ।



नेपालको निजी क्षेत्रको सवैभन्दा ठुलो बैकको रुपमा रहेको एन आई सि एसिया बैकले ग्रहकहरुलाई सेवा दिन अहिले अनलाईनवाट नै भौचर भर्न सकिने व्यवस्था लागु गरेको छ । घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको एन आई सी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको बिकाश गरी ग्रहकहरुलाई सजिलो बनाएको एन आई सि एसिया बैकले जनाएको छ ।

ग्राहकहरुले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिनेछ । उक्त लिंक भित्र पुगेपश्चात् सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिनेछ र उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस (क्ःक्) मार्फत डिपोजिट कोड पठाईने र तत्पश्चात् उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत आफुले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सकिनेछ । यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग पुग्ने बैंकले विश्वास राख्दै लाईनमा बस्नुपर्ने झन्झटवाट ग्रहक मुक्त हुने बैकले जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend