जन आकाश
काठमाण्डौँ
एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौता सँगै अब एभरेष्ट बैंकको मोबाईल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ भने बैंकको ‘ईबीएलटच २४’ मा नयाँ सुविधाहरु थप गरिएको छ ।
सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend