जन आकाश
काठमाडौं ।
नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्थित मनमोहन कार्डिओ थोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई सय थान व्यक्तिगत सुरक्षा कवच (पिपिई) सहयोग गरेको छ ।
कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओ थोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठलाई उक्त पिपिई हस्तान्तरण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पिपिई अस्पताललाई दिएको हो । ‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सिइओ टासीले भने ।
नेपालमा पनि कोरोना प्रतिरोधि क्षमताका स्वास्थ्य सामग्रीहरु निर्माण गर्न थलिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend