logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोरखा फुजेलमा पहिरो खस्दा एक महिलाको मृत्यु

घटनास्थलमा पुग्यो प्रहरी


  • जन आकाश
  • सोमबार, साउन ५ २०७७

 



गोरखा ।
गोरखाको गण्डकी गाउँपालिका (४ फुजेलमा पहिरोमा खस्दाा एक महिलाको मृत्यु भएको छ । फुजेलको कौदीमा सोमवार बिहान पहिरोमा परी स्थानीय लक्ष्मी गुरुङ्गको मृत्यु भएको हो ।

अविरल वर्षासँगै खसेको पहिरोमा अन्जीदाजी ३४ वर्षीया महिलाको गोठ माथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको स्थानीय दिपक गुरुङ्गले जानकारी दिएका हुन् ।

पहिरोले पुरिएको अवस्थामा उनलाई निकालिएको समेत गुरुङ्गले जानकारी दिए । पहिरोले गोठ पूर्णरूपमा क्षतिग्रस्त बनेको छ । पहिरोमा परि १० वटा बाख्रा पुरीएको स्थानीय बिष्णु पन्तले बताए।

सडक भासिएर पहिरो आएको समेत उनले जानकारी दिए।

स्थानीयवासीले शव पहिरोबाट बाहिर निकालेका हुन् । उद्धार तथा राहतका लागि जनप्रतिनिधि, प्रहरीलगायत घटनास्थल पुगीसकेको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend