logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महालक्ष्मीमा १ गते कृष्णराज लामिछानेको राजिनामा

२ गते कायममुकायममा सागर शर्मा नियुक्त


  • जन आकाश
  • सोमबार, साउन ५ २०७७

काठमाडौं ।



महालक्ष्मी विकास बैंक लि.मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा सागर शर्मालाई नियुक्त गरिएको छ । २ गते बसेको सञ्चालक समितिको वैठकले उहालाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । बहाल रहेका सिइओ कृष्णराज लामिछाने प्रमुख कार्यकारी अधिकृतवाट राजिनामा दिएपछि रिक्त रहेको पदमा सोही बैकमा डेपुटी सिइओको पदमा रहेका शर्मालाई कायममकायम नियुतm गरिएको हो ।

बैंकको केन्द्रिय कार्यालयमा शर्मालाई स्वागत गरिएको थियो । उक्त कार्यव्रmममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएका थिए । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै रहने र सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend