logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रू. १ लाख को भाग्याशाली विजेता बने रोकाया


  • जन आकाश
  • सोमबार, साउन ५ २०७७

 



काठमाण्डौँ
काठमाडौँ, ४ साउन २०७७ – आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित हुनुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित हुनुभएको हो । विजेता रोकायाले रू. एक लाख (१,००,०००÷–) पुरस्कार राशी प्राप्त गरेका छन् ।
आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै– रू. १ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू भएको थियो ।
स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रू. ५० बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend