जन आकाश
मोहन कार्की
काठमाडौ ।
नेपाल र भारतको सम्बन्ध निक्कै बिग्रदो अवस्थामा पुगेको छ । नेपाल र भारतको सम्बन्ध कालापानी, लिपुलेख, र लिम्पियाधुराको भुमिको बिषयलाई लिएर पहिला भारतले उक्त भुमि भारतीय राजनीतिक नक्सामा समेटेपछि उक्त भुमि नेपालको भएको र नेपालले त्यो नक्सा सच्याउन कुटनीतिक नोट पठाउदा भारतले बेवास्ता गदै भारतीय दादागिरी देखाएको नेपालले आरोप लगाएको थियो ।
त्यसपछि पटक पटक नेपालले कुटनीतिक मार्फत नेपालको भुमि कालापानी, लिम्पियाधुरा, र लिपुलेखको बिषयमा वार्ता गरेर तथ्यको आधारामा टुङग्याउ भनी नेपालले प्रस्ताव पठाउदा समेत भारतले बेवास्ता गरेपछि नेपालको अतिक्रमित भुमि नेपालको नक्सामा पनि प्रकाशन गरेर सार्वजानिक गरिएको थियो । त्यसपछि शुरु भएको वाक युद्ध नेपाल र भारतको राष्ट्रका कार्यकारी प्रमुख देखि लिएर सर्वसाधरण सम्ममा बिबाद र वाक युद्धको रुपमा बिकाश भईरहेको छ । त्यसको असर सोजासाजा नेपालका भारतमा काम गर्न गएका मजदुर र भारतका नेपालमा काम गर्न आएका मजदुर सम्ममा पर्ने देखिदै गएको छ ।
नेपालका नेपालीले भारतीय नागरिक अर्थात नेपालमा काम गर्ने मजदुरहरुलाई अभद्र ब्यवहार गरेका छैनान् । तर भारतमा भने भारतीय मिडिया, भारतका संघ, संस्थाहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलिको बिरोधमा नारा जुलुस र बिरोध गरिरहेका छन् । नेपालको राष्ट्रिय झण्डा समेत जलाएका छन् ।
त्यो अत्यन्तै निन्दनीय कार्य हो । त्यो नेपालीहरुले कहिल्यै भुल्ने छैनान् । त्यो सँगसगै अर्को निन्दनीय कार्य नेपालका एक युवकलाई बनारसमा टाउको मुन्डन गरी जर्वजस्त नारा लगाउन लगाउने कुटपिट गर्ने जस्ता घृणित कार्य भारतीय शिवसेनाले गरेको छ । उक्त कार्यले सर्वसाधरण नागरिकहरुमा त्रास फैलाएको छ । यो समस्या बढेर गएको खण्डमा नेपाल र भारतको सम्बन्ध सर्वसाधरणमा समेत असरत पुग्छ नै यसरी नेपाल र भारतको सम्बन्ध जन जनमा भएको कारण हालसम्म भारतीय बिस्तारवाद नीतिले नेपाललाई डस्दापनि सर्वसाधरणको सदियौ देखिको सम्बन्धले नेपाल भारतको सम्बन्धमा असर पुगेको थिएन अहिले सर्वसाधरणलाई समेत भारतीयहरुले निसाना बनाउन थालेपछि नेपाल भारतको वाकयुद्धवाट शुरु भएको बिवाद सैनिक युद्धसम्मको अवस्था नआउला भन्न सकिन्न युद्ध कस्ले जित्ला त्यो समयले निर्धारण गर्ला तर नेपालका नेपालीले कहिल्यै इतिहाँसमा दासत्व नस्वीकारेको अवस्था छ ।
भने भारतीय सेनामा लाखौ नेपाली गोर्खां सैनिकको रुपमा कार्यरत छन् । नेपालमा पनि भारतीय लगानीमा थुपै िनजी कम्पनीहरुले बार्षिक अरबौ ब्यापार ब्यवसायवाट कमाएर लिएर गईरहेको अवस्था छ ।
नेपाल र भारतको ब्यापार घाटाको कुरा गर्ने हो भने बार्षिक झण्डै ८ खर्वको ब्यापार घाटा नेपालले सहनु परेको छ । भारत नाफामा छ । भारतले सम्बन्ध बिगारेको खण्डमा नेपालवाट प्रप्त हुने ८ खर्व ब्यापारिक नाफा पनि गुमाउने छ ।
कालापानी, लिपुलेख, र लिम्पियाधुरा अन्तराष्ट्रियकरणमा किन ढिला ?
बिश्वका कुनै पनि एक राष्ट्रले अर्को राष्ट्रलाई अन्तराष्ट्रिय कानुन भन्दा बाहिर गएर दमण गर्ने कमजोर राष्ट्रमाथि थिचोमिचो गर्ने गरेमा अन्तराष्ट्रिय कानुनको उल्लघन भएमा त्यो कानुन उल्लघन गर्ने राष्ट्रमाथि संयुक्त राष्ट्रसंघले कारवाही अगाडी बढाउन सक्छ । नेपाल पनि संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएको हैशियले नेपालको भुमि भारतले जर्वजस्त अतिक्रमण गरेको बिषयमा अन्तराष्ट्रिय अदालतमा जानुपर्ने हुनसक्छ । जानुपर्छ ।
त्यसो गर्दा नेपाललाई के फाईदा के घाटा
नेपालले आफ्नो भुमि अतिक्रमण भएको ६० बर्षभन्दा बढी भईसकेको छ । नेपालले भारतसँग यो नेपालको भुमि हो भन्दा जसले भन्यो त्यसैलाई सरकारवाट फाल्न भारतले कहिले तेल रोकेर सरकार ढाल्ने प्रपञ्चमा लाग्थ्यो भने कहिले नाकाबन्दी लगाएर कहिले नेपालमा नै घुसपैठ गरी बिभिन्न खालका आन्दोलन उठाएर नेपाललाई अस्त ब्यस्त बनाउने काम गरी सधै अल्पमतको सरकार मिलिजुली सरकार बनाएर खिचडी पकाउदै कहिल्यै स्पष्ट निर्णय गर्ने अधिकार नपाउन भन्ने सोच राखेर भारतीय योजनाले नेपालको राजनीतिमा खेल्दै आएको थियो । देख्दा नेपालका मानिसले आन्दोलन गरेको देखिए पनि भित्री रहस्य भारतीय चलखेलले नेपाललाई अस्थिरतामा राख्ने उदेश्य हुने गरेको छ । कहिले कुन पार्टीको कुन प्रयोग कहिले कुन पार्टीको कुन नेता प्रयोग कोही जानी जानी कोही नजानेर समेत भारतीयको नेपाललाई अस्थिरतामा राखेर नेपालाई कमजोर बनाउने खेलमा लागेको बिज्ञहरुले लगाएको आरोप यतिवेला भने पुष्टि भएको छ । नेपालमा स्पष्ट बहुमतको सरकार छ । स्पष्ट बहुमतको सरकारले स्पष्ट नीति र देशको हितमा निर्णय गर्न सक्ने अधिकार प्राप्त हुन्छ । यतिवेला भारतवाट अतिक्रमित भएको नेपालको भुमि भारतीयलाई हटाएर आफैले प्रयोग गर्न आट गरेको छ ।
यो हामीले भारतीयसँग छलफलवाट टुङगीएन भने नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दा संयुक्त राष्ट्रसंघले गर्ने निर्णय निष्पक्ष हुनेहुदा नेपालसँग यथेष्ठ प्रमाण भएको र नेपालको भुमि कालापानी, लिपुलेख, लिम्पियाधुरा नेपालले प्राप्त गर्छ त्यो नेपाल फाइदा छ । यो मुदालाई अन्तराष्ट्रियकरण गर्दा नेपाललाई घाटा देखिदैन ।
स्मरणरहोस नेपाल र भारतको सम्बन्ध सुधार गर्नु र वार्तावाट सावधान खोज्नु दुवै देशको लागि हितमा हुन्छ । अन्यथा दुवै देशले समस्या त भोग्नुपर्छ नै दृुईदेशको सम्वन्ध बिग्रदा लाखौ लाख भारत र नेपालका सर्वसाधरणले पाउने दुखः मानवीय इतिहाँसमा नै कलकीत हुनसक्छ । त्यसैले दुवै देशका राष्ट्र प्रमुखहरुले विवादीत बिषयलाई वार्तावाट टुङग्याउनु नै बुद्धिमानी हुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend