जन आकाश
काठमाण्डौँ
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एन आई सी एशिया बैंकबीच समझदारी भएको हो । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू तथा कोषको तर्फबाट मुख्य प्रबन्धक श्री अर्जुन कुमार गौतमज्यूले हस्ताक्षर गरेका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहनुभएका ऋणीहरूलाई सुविधाको निमित्त वहाँहरूले उपभोग गर्नुभएको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend