जन आकाश
काठमाडौं । कर्मचारी सञ्चय कोष (KSK) बाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एन आई सी एशिया बैंकबीच समझदारी भएको छ ।
उक्त समझदारीपत्र –एमओयु मा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. NHCL_सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको निमित्त उपभोग गरिरहेका कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो ।
डिजिटल बैंकिङ्ग सेवामा सेवा दिदै आएको एन आई सि बैंकले Digital First बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा भुक्तानी सुविधा ल्याएको दिने सुविधा ल्याएको हो । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गर्न कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउस लि. पोर्टल -https://login.connectips.com/_ मा लग इन गरेर Government Payment मा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने वर्तमान अवस्थालाई एन आई सि एसियाको डिजिटल सुविधाले बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सक्नुे जानकारी आजको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend