logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुट


  • जन आकाश
  • बुधबार, साउन ७ २०७७

मोहन कार्की
काठमाडौं ।



मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे जनाएको छ । त्यो योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने उल्लेख छ ।

४८ घण्टा भित्र कर्जा स्वीकृती गरिने
नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट
एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन
कर्जा सेवाशुल्क अधिकतम १ प्रतिशत मात्र
विना सुरक्षण शुल्कमा Locker सुविधा
बैंकको नियमानुसार शर्तहरु भने लागु हुनेछ उल्लेख गरेको छ ।
बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्त सम्ममा चुक्ता गर्नुभएमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको आजको जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत,निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनिप्रदानगर्दै आइरहेको जनाउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend