जन आकाश
मोहन कार्की
काठमाडौं ।
कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र कोभिड १९ को लकडाउनले सबैभन्दा बढि प्रभावित यातायात ब्यवसायी भएको हुंदा कामना सेवा विकास बैक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यले साश्रण महिनको ब्याजमा कामनाले छुट दिन लागेको हो
्उक्त योजना अन्र्तरगत यस्ता कर्जा लिएका ग्राहकहरुले २०७७ साल आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको हो ।
साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्नेछन् । यो योजनाले यातायात व्यवसायिहरुलाई अधिकतम लाभ पु¥याई व्यवसाय सञ्चालनमा थप सहजता पु¥याउने समेत बैकले उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend