जन आकाश
काठमाण्डौँ ।
लाक्पा तामाङको नेतृत्वमा गठित राप्रपा (लोकतान्त्रिक) को महामन्त्री पदमा सुनसरी जिल्लाका रमेश अग्रवाल मनोनित भएका छन् । पार्टीका अध्यक्ष लाक्पा तामाङले मनोनित अग्रवाललाई माला र टिका लगाई पार्टीको सपथ ख्वाएका थिए ।
करिब २ वर्ष अगाडी कमल थापा नेतृत्वको राप्रपाबाट छुटिएर गठन भएको राप्रपा ( लोकतान्त्रिक ) पार्टी हो । राप्रपा ( लोकतान्त्रिक ) पार्टीको चुनाव चिन्ह गोरु गरेको छ । उक्त जानकारी पार्टीका उपाध्यक्ष पे्रम तामाङले जनआकाश मिडियालाई जानकारी दिएका हुन् ।
उक्त पार्टीले गौतम बुद्धको जन्म नेपालमा भएको र नेपाललाई बौद्ध राष्ट्र घोषण गर्नुपर्ने माग उठाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend