logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पशुपति सहकारीले बृहत्त मर्जर अभियान संचालनगर्ने


  • जन आकाश
  • बुधबार, साउन ७ २०७७

 



काठमाडौं

ललितपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको सहकारी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले सहकारी–सहकारी बीच बृहत्त एकीकरण अभियान संचालन गर्ने भएको छ । ७७ जिल्ला र ७५३ स्थानीयतहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्य सहित बृहत्त एकीकरण अभियान संचालन गर्न लागेको सहकारीले जानकारी दिएको छ ।

बृहत्त एकीकरण संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवीलामाको संयोजकत्वमा मर्जर कमीटी समेत निर्माण गरेको छ । यहि समिति मार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ ।

संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहत्त एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी हुन ।
“स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन”उनले भने “त्यसका लागि एक÷दुई वटा संस्था एकीकरण गरेर पुग्दैन, वृहत्त एकीकरण गरी बलियो पुँजीगत आधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।”

अहिले सहकारी अभियानमा ३५ हजार संघ संस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स–सानो हुँदापुँजी छरिन गई सहकारी मार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन । यहि कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यस मार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने र सहकारी मार्फत उत्पादन मुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको संयोजक लामाले बताएका थिए ।

संघिय सरकारले आर्थिक वर्ष २०७७÷०७८ बजेट वक्तव्यमा पनि सहकारी संस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघ लगायतका संघ संस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् ।

बृहत्त एकिकरण अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्नका लागि सम्पूर्ण सरोकार वालाहरुलाई संयोजक लामाले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend