logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मालेको पार्टी कार्यलयमा पुष्पलाल स्मृति सभा


  • जन आकाश
  • बुधबार, साउन ७ २०७७

मोहन कार्की
काठमाडौं ।



नेपालकम्युनिष्ट पार्टीका सस्थापक महासचीव पुष्पलाल श्रेष्ठको ४२ औ स्मृतिसभा नेकपा (माले) पार्टीको केन्द्रीय कार्यलय रातोपुलमा सम्पन्न भएको छ । नेकपा (माले)का महासचीव सिपी मैनालीले पुष्पलालको तस्वीरमा माला लगाई दिएर शुरु भएको कार्यक्रममा सवै नेता, कार्यकर्ता, पुष्पलालका सुभचिन्तकहरुले लाईनबद्ध भएर फुलको गुच्छा र अविर लगाई दिएर स्मरण गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर २००६ साल बैशाख १० मा पुष्पलालले नेपालको तानाशाही ब्यवस्था र बिश्वमा आएको सर्वहारावर्गको मुक्तिको लागि भएका आन्दोेलनहरुलाई ब्यवस्थित गदै बिश्व परिवेशको आधारमा नभएर नेपालको परिवेश र नयाँ जनवादी ब्यवस्था नेपालमा लागु गर्नुपछ भनि नयाँ जनवादी कार्यक्रमलाई अगाडी बढाउनु भएका पुष्पलालको सिद्धान्तलाई पछ्याउने एक मात्र पार्टी नकपा (माले) भएका्े आजका प्रमुख अतिथि समेत रहनु भएका सिपी मैनालीले बताउनु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना र नेपालको वर्तवान अवस्थाको वारेमा पार्टीका स्थाई कमिटी सदस्य कुमार वेलवासेले प्रष्ट्याउनु भएको थियो ।

भने कार्यक्रमको महत्व र पार्टीको वर्तवान अवस्था र भावी दिनमा चाल्नुपर्ने कदमहरुको बारेमा स्थाई कमिटी सदस्य कृष्ण रानाले प्रशिक्षण शैलीमा आफ्नो धारणा राख्दै धन्यवाद ब्याक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका स्थाई कमिटी सदस्य डम्बर श्रेष्ठले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend