logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एनएमबि बैंक र जडिबुटी व्यवसायी संघबीच समझदारीपत्रमा हस्ताक्षर

जडीबुटी ब्यवसायीलाई थप उर्जा


  • जन आकाश
  • बिहिबार, साउन ८ २०७७

मोहन कार्की



काठमाडौं । एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष, विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् ।

नेपालमा जडीबुटीको सम्भावना नै सम्भावना भएपनि उचित ब्यवस्थापन र प्रशोधन नेपालमा नै गर्न नसक्दा नेपालको अमुल्य जडीबुटी न्युुनतम् मुल्यमा बिदेश निर्यात हुने गरेको छ । त्यसलाई रोक्न र नेपालका ब्यवसायीहरुको स्तर उन्नती गर्न जडीबुटी ब्यवसायीहरुलाई सहजीकरण तथा सहजताको लागि एनएमबी बैकसँग सम्झौता गरेको जडीबुटी ब्यवसायी संघ नेपालका अध्यक्ष बिष्णु भण्डारीले सम्झौता पछि हामीलाई प्रतिक्रिया दिने क्रममा बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend