logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महेन्द्रनगर मालपोतमा मेगा बैंकको काउन्टर


  • जन आकाश
  • आइतबार, साउन ११ २०७७

 



काठमाडा ।

मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

घरजग्गा सम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्र नगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो । महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन गरेका हुने् ।
बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि महेन्द्र नगरस्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको थियो ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३२ औं एक्सटेन्सन काउन्टर हो । मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend