logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महालक्ष्मी विकास बेैंकले सार्वाजानिक गरयो अफरहरु


  • जन आकाश
  • सोमबार, साउन १२ २०७७

मोहन कार्की



काठमाडौं ।

महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ ।
बंैकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदानगर्ने भएको छ । बैकहरुले लकडाउन पछि बिभिन्न सुुविधा दिईरहेका बेला महालक्ष्मीले पनि उक्त सुविधा सर्वाजानिक गरेको हो ।

आवास कर्जायोजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने,घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ ।

उद्यमशील कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend