जन आकाश
उपत्यकाका घरको भाडा घटाघटामा
बहालवालासँग लिएको भाडादर र कर तिर्दाको रकम फरक परे ५ बर्षको पेनाल्टी तिर्नुपर्ने
महानगरले थाल्यो अनुगमन
मोहन कार्की
काठमाडौं ।
झण्डै चार महिनाको लामो लकडाउन भएपछि काठमाडौ उपत्यका लगायत शहरमा मजदुरी, ब्यवसाय गरी बसोबास गर्ने मानिसहरु आ–आफ्नो गाउँमा फर्केपछि र अहिले लकडाउन खुलेपनि गाउँमा गएका मानिसहरु तत्काल फर्कने अवस्था नभएको र काठमाडौ उपत्यकामा कोठा भाडामा लिएर बसेका र कोठामा उनिहरुले प्रयोग गर्ने सामानहरु पनि कोठामा नै राखेर गएका र महिना अगाडी अगाडी नै भाडा असुलेर खाना पल्केका र हरेक ३÷३ महिनामा भाडा बढाएर काठमााडौमा घर छ भन्दैमा जे मन लाग्यो त्यो गदै आएका घरबेटीहरुको लागि यतिवेला भने भाडामा कोठा लिएका र कोठा होल्ड गरेर राखेका मानिसहरुको सामान र काठमाडौ महानगरपलिकाको कर अनुगमन टोलिले गरिरहेको छानविनले निक्कै तनाव उत्पन्न भएको देखिन्छ ।
सरकारले चैत्र महिनाको भाडा छुट गर्न घरबेटीहरुलाई आग्रह गरेको भएपनि कुनै कुनै घरबेटीले छुट दिएको भएपनि धेरैजति घरबेटीले भाडा छुट नदिदा अप्ठ्यारोमा त सहयोग नगर्ने घरमा नबस्ने भन्दै धेरै कोठावालहरु अन्तै सस्तो कोठा खोजेर सर्न थालेपछि झनै घर भाडामा लगाउने घरबेटीहरु टाउकोमा हात राखेर पछुताईरहेका छन् । अहिले काठमाडौका अफिसियल एरिया नयाँ बानेश्वर, बागबजार, त्रिपुरेश्र, चावहिल, बालाजु, पुरानो बानेश्वर, लगनखेल, शंखमुल, पुतली सडक, लाजिम्पाट लगायत क्षेत्रमा घरभाडामा छ । तय भित लेखेर सटरमा घरको फ्लाईटमा जताततै टासेको देखिन्छ । जो काठमाडौमा सामान्य आय भएका तर आफ्नो गाउमा धेरै समय देखि नगएका बाध्यताले यत्तै बस्नु परेकाहरु भने यो मौकामा सस्तो कोठा खोजेर कोठा सरिरहेका छन् भने कतिपय किचकिचे घरबेटीहरुवाट मुक्तहुन अलि सजिलो र सस्तो कोठा पाउदा धमाधम कोठा सर्नेहरुको लर्को काठमाडौ उपत्यकामा दिनदिनै बढीरहेको छ ।
वहालमा बस्ने मानिसहरुलाई बषैपिछे भाडा बढाएर हैरान बनाउने घरबेटीहरुलाई सरकारले पनि यतिवेला कडाई गरेको छ । चैत्र महिनाको भाडा छुट नगर्ने घरबेटीको सूचना महानगरपालिकामा टिपाउन र त्यो घरको कोठाभाडाको रेट गोप्य रुपमा उपलब्ध गराउन सरकारले नीति बनाएपछि घरभाडा लिएको रेट र घर बहाल कर तिर्दाको मुल्य फरक परेको भन्दै थुप्रै घरबेटीलाई करछली गरेको भनि जरिवाना तिराएको महानगरको उच्च स्रोतले जानकारी दिएको छ । देशमा संकट आएको बेला सवै मिलेर संकटको सावधान गर्नुपर्ने ठाउमा सामान्य गरिखाने नागरिकहरुलाई दुखः दिने घरबेटीको अभिलेख राखेर सरकारले नै कारवाही अगाडी बढाउन लागेपछि झनै काठमाडौका जो भाडा मात्र असुल्ने नियतले घर बनाएकाहरुका लागि यतिवेला महानगरपालिकाको कर अनुगमनले झयाप झयाप समातेर कारवाही अगाडी बढाउन थालेपछि हिजो कोठा भाडामा बस्नेलाई एउटा फ्लाईटको ५० हजारसम्म असुल्ने तर कर तिर्ने बेला ५ हजार मात्र देखाउनेहरु अहिले महानगर अनुगमनको पासोमा पर्न थालेका छन् ।
काठमाडौ उपत्यकामा घरबेटी भन्दा घरबेटीवाट ठेक्कामा घर लिएर बढी बढी भाडा असुल्ने नियतले बसेकाहरु झनै खतरनाक भएको देखिन्छ । जसलाई नेपाली भाषामा दलाल भनिन्छ । उनिहरुले घरबेटीलाई मार्षिक तोकेको रकम तिर्छन भने झण्डै डबल भाडा असुलेर छिटो धनि बन्ने सपना देखेर गरिखाने बर्ग जो काठमाडौ उपत्यकामा अवसर खोज्न आएका गाउमा पनि बाध्यताले शहर पस्नुपर्ने भएकाहरुले जिनो तिनो गरी कमाएको पैशा काठमाडौको घरभाडाको चरम महगीले गर्दा सधै नेपाली नागरिक हुनुमा गर्व गर्नुको सट्टा हिनता बोध गर्ने गरेको जताततै सुृनिन्छ ।
कतिसम्म भने सामान्य नागरिकले कुनै एउटा सामान्य खालको ब्यवसाय गर्छु भनेर काम शुरु ग¥यो भने अलि अलि के ब्यापार भएको घरबेटीले देख्यो भने भाडा बढाईहाल्ने गर्ने गरेर हैरान पार्ने गरेको ब्यवसायीहरुको गुनासो छ ।
यसरी मानवीय दाईत्व भुल्दै गएका काठमाडौ उपत्यकाका घरबेटीहरुको चेतमा परिवर्तन आएन भने समाजमा महगी अभाव र तनावले बिभिन्न समस्या निम्तन सक्ने बिश्लेषकहरुको बुझाई रहेको छ । लकडाउनको समयको भाडा असुल्ने घरबेटीहरुलाई बिप्लव नेर्तत्वले कारवाही गर्ने धम्की दिईसकेको छ ।यसले पनि भोलिका दिनमा समस्या नपार्ला भन्न सकिन्न ।
घरभाडा अहिले घटाघटमा
काठमाडौ उपत्यकामा घरभाडा घटाघटमा झरेको छ । कुनैबेला मानिसहरु एउटा घरवाट स¥यो कि भाडा बढाई हाल्ने घरबेटीहरु अहिले खाली रहेको कोठा पहिला जस्तै भाडा बढाएर मानिसहरु बस्छनकि भनेर पर्खाइमा थिए । तर महगो कोठमा कोही बस्न नआएपछि वरिपरि खुलेका पसलहरुमा मेरो घरमा कोठा खाली छ । फ्लाईट खाली छ । कोही आएभने म कहा पठाईदिनु है भन्ने गरेका छन् । तर जति मानिस आउछन् सवैले महगो भयो भनेर नबस्ने भन्दै फर्कन थालेपछि झण्डै दोब्बरले भाडा घटाएर भनेपनि सधै खाली रहनु भन्दा थोरै भएपनि भाडा आउने सोचेर काठमाडौ उपत्यकामा घरभाडा घटाघटमा झरेको छ । झण्डै दोब्बरले भाडा घटाएर भनेपनि सधै खाली रहनु भन्दा थोरै भएपनि भाडा आउने सोचेर काठमाडौका घरबेटीहरुले घरभाडा घटाघटमा झरेका छन् ।
मानिसहरु काठमाडौ भनेको दुखः र संकटपर्दा बस्ने ठाउ होइन रहेछ भन्दै अहिले श्रीमान बैदेशिक रोजगारमा गएका र छोराछोरी पढाउने नममा अल्छी श्रीमती जति काठमाडौ थुप्रीएका थिए । हाल ति धेरै जति बैदेशिक रोजगारवाट र्फकेका परिवारहरु गाउँनै गएकाले अव काठमाडौ उपत्यकामा चाप कम हुने देखिन्छ ।
यो चुनौतिलाई सरकारले अवसरमा बदल्नुपर्छ
गाउँ घर रित्तिदै गएकोमा चिन्ता त सवैले गर्ने गरेका छन् । तर त्यसको ब्यवस्थापन र कृषि, क्षेत्रमा गर्नुपर्ने सुधारहरु देखिएका छैनन् । अहिले गाउँका युवाहरु सवै गाउँ फर्केका छन् उनिहरुलाई उत्पादन र आम्दानीको ग्यारेन्टी गरेर गाउँमा नै जिवीको पार्जन गर्न सक्ने बनाउन सक्यौ भने नेपालको बिकाश पनि छिटो गर्ने आधार बन्न सक्छ । सरकारले यो चुनौति सँगै अवसरलाई सदुपयोग गरेर देशको पलायन भईरहेको युवा जनशक्तिलाई नेपालको सम्भावनाका क्षेत्रहरुमा लगाउन सक्नुपर्छ । तवमात्र देशले सार्थकता पाउन सक्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend