logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रोशी गाउपालिका जोगेश्वरमा भ्रष्टचार


  • जन आकाश
  • मंगलबार, साउन १३ २०७७

काभ्रे ।
काभ्रेको रोशी गाउपालिका वडा. ४ जोगेश्वर मा.बिको स्कुल ब्यवस्थापन समितिका पदाधिकारीहरुले नै भ्रष्टचार गरेको आरोप स्थानीयले लगाएका छन् । स्कुलका हेडमास्टर लकडाउनको बेला घरमा गएको मौका पारेर मा. बि.का ब्यवस्थापन समितिका पदाधिकारीहरुले मिलेमतोमा जापानको संस्था जाइकाले मा.बिलाई उपलब्ध गराएके जस्ता मा.बि.का ब्यवस्थापन समितिका अध्यक्ष जमान सिं लामा, निकट साइला लामा, भगवान तामाङ, र जोग सिं तामाङ लगायतले प्रत्येका जस्ताको रु १०० मा बिक्री गरेर अनियमितता गरेको जानकारी प्राप्त भएको छ ।
मा.बिका प्राध्यापक अम्बिका प्रसाद दाहाललाई त्यस बिषयमा जानकारी लिदा ब्यवस्थापन समितिको सदस्य सचीव स्वत प्राध्यापक हुने र उक्त निर्णय गर्दा आफुलाई कुनै जानकारी नदिएको भनि जनआकाशलाई बताएका छन् । यो भनाईले त्यस जोगेश्वर मा.बिका ब्यवस्थापन समितिले अनियमियतता गरेको हुनसक्ने देखिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend