logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राप्रपा धनकुटाबाट १४९० भोट ल्याएका युवक संगठनका महामन्त्रीद्धारा राजिनामा


  • जन आकाश
  • बुधबार, साउन १४ २०७७

 



काठमाण्डौँ
पार्टी एकता भएको ५ महिना बित्न लाग्दा समेत निर्वाचन आयोगमा दर्ता नभईरहेको राप्रपा भित्र अहिले पार्टी परित्याग गर्नेको लर्को नै बढेको छ । ४ दिन अगाडी मात्रै धनकुटाबाट पूर्व मन्त्री सुनिल ब. थापा लगायतका ३१ जना नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिए लगत्तै धनकुटा जिल्लाबाट तत्कालिन ए। राप्रपा (जिल्ला अध्यक्ष) तथा युवक संगठनका महामन्त्री सुभान सिंह राई र २ नं क्षेत्रिय अध्यक्ष दाजाङबो शेर्पाले आज राप्रपाबाट साधारण सदस्य समेत नरहने गरि संयुक्त राजिनामा दिएका हुन् । धनकुटाबाट २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा सुभान सिंह राईले १४९० भोट र प्रदेश सभा (ख) बाट दाजाङबो शेर्पाले १९२५ भोट ल्याएका थिए । उनीहरु दुवै राप्रपा परित्याग गरेर लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा (लोकतात्रिक) मा प्रवेश गर्ने तयारीमा रहेको बुझिन आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend